
काठमाडौं-
नेपालसहित ४४ अतिकम विकसित राष्ट्रहरूको समूहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंग भेटवार्ता गरेको छ ।
जलवायु न्यायका लागि वकालत गरेकोमा अतिकम विकसित राष्ट्रहरूको समूहले महासचिवलाई धन्यवाद ज्ञापन गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् ।
उनले १.५ डिग्री सेल्सियसको लक्ष्य जोगाउन विश्वव्यापी कार्बन उत्सर्जनमा तीव्र कटौती गरिनु पर्ने र जलवायु अनुकूलन तथा हानि–नोक्सानको सामना गर्न सहज एवं अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराइनुपर्ने ४द्ध वटै देशको साझा र स्पष्ट माग भएकोबारे महासचिवको ध्यानाकर्षण गराइएको पनि बताएका छन् ।



