English
अर्थ संसार

घट्यो सुनचाँदीको मूल्य

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
घट्यो सुनचाँदीको मूल्य

काठमाडौं-

साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला एक हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेर तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ थियो।

अर्थ संसार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स