English
विदेश

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ — वामपन्थी छविका लुइज इनासियो लुला दा सिल्भा ब्राजिलमा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रखर आलोचकका रूपमा सार्वजनिक छवि बनाएका लुला दा सिल्भाले राष्ट्रपति ट्रम्पका अत्यधिक समर्थक फ्लाभियो बोल्सोनारोभन्दा झन्डै ४४ लाख बढी मत प्राप्त गरेको त्यहाँको निर्वाचन अदालतले घोषणा गरेको छ ।

८१ वर्ष पुग्न लागेका लुलाको जितले ल्याटिन अमेरिकामा अमेरिकाको बढ्दो प्रभावको आलोचना गर्नेहरूलाई राहत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उनको जितसँगै ल्याटिन अमेरिकाका सबैभन्दा बढी जनसंख्या भएका दुई देश मेक्सिको र ब्राजिलमा वामपन्थी झुकावका नेताहरू सत्तामा रहने भएका छन् ।

यसले वार्षिक २६ खर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भएको ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिललाई अमेरिकी दबाबका बाबजुद आफ्नो स्वतन्त्र हैसियत कायम राख्ने दिशामा अघि बढाएको छ ।

श्रमिक नेताका रूपमा राजनीतिक जीवन सुरु गरेका लुला यसअघि भ्रष्टाचारको अभियोगमा जेल परेकोमा अदालतले उनीविरुद्धका मुद्दा खारेज गरिदिएको थियो ।

विदेश मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स