रिपब्लिकनले मध्यावधि निर्वाचनमा नमज्जाको हार व्योहोर्ने निश्चित

एजेन्सी-
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकनले मध्यावधि निर्वाचनमा नमज्जाको हार व्योहोर्ने निश्चित भएको छ ।प्रतिनिधिसभाका लागि भएको मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन निकै पछि परेको छ ।
हाउस अफ रिप्रेजेन्टेटिभ्स भनिने प्रतिनिधि सभाका जम्मा ४ सय ३५ सिटमध्ये अहिलेसम्म विपक्षी डेमोक्र्याटिक पार्टीले २ सय २७ सिटमा अग्रता लिइरहेको छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी १ सय ४२ सटमा मात्र अगाडि देखिएको छ ।
मतगणना जारी रहँदा राष्ट्रपति ट्रम्पले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको हार स्वकिार गरेका छन् । उनले इरानविरुद्धको युद्ध हारको कारण भएको बताएका छन् । उनले निर्वाचनका बेला इन्धनको मूल्य बढ्दा रिपब्लिकन पार्टीलाई हानि भएको बताएका हुन्।
जारी मतगणनामा संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले बहुमत गुमाउने र विपक्षी डेमोक्र्याटिक पार्टीको जित लगभग निश्चित भएपछि ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै यसमा इरानविरुद्ध युद्ध कारक भएको स्वीकार गरेका हुन् । उनले भनेका छन्, ‘तर म यो चुनावी नतिजालाई आफ्नो राष्ट्रपति कार्यकालको भने झट्का ठान्दिनँ,किनकि म उम्मेवार होइन ।’
उनले डेमोक्र्याटहरू यो ठुलो विजय प्राप्तिका लागि वर्षौंदेखि प्रयासरत रहेको र अन्ततः हासिल गरेको पनि बताए। ट्रम्पले डेमोक्र्याटहरूलाई ‘राम्रो काम’का लागि बधाई पनि भने।
निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन।



