English
विदेश

मध्यपूर्व र खाडी देशहरु एकअर्काका शत्रु नबनुन् - चीनियाँ राष्ट्रपति सी

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
मध्यपूर्व र खाडी देशहरु एकअर्काका शत्रु नबनुन् - चीनियाँ राष्ट्रपति सी

एजेन्सी,बेइजिङ-

चीनियाँ राष्ट्रपति सी चीनफिङले शक्तिशाली राष्ट्रहरूबीचको प्रतिस्पर्धाको युद्ध मैदान नबन्न मध्यपूर्व र खाडी क्षेत्रका देशहरुले आपसी समस्या आपसमै समाधान गर्नुपर्ने बताएका छन् ।

बेइजिङमा ओमानका सुल्तान हैथम बिन तारिक अल सईदसँग भएको भेटवार्तामा राष्ट्रपति सीले मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएको चीनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

विश्वमा अहिले ठुलो परिवर्तन भइरहेको उल्लेख गर्दै राष्ट्रपति सीले चीन पनि यस क्षेत्रमा शान्ति कायम गर्न अरब राष्ट्रहरूसँग मिलेर काम गर्न तयार रहेको बताए । त्यसका लागि मध्यपूर्वका लागि चीनियाँ विशेष दूत झाई जुनले यसै महिना इरान, ओमान र साउदी अरेबियाको भ्रमण गर्ने सिन्ह्वाले जनाएको छ ।

भेटमा राष्ट्रपति सीले ओमानसँग विकासका योजनामा मिलेर काम गर्न चीन तयार रहेको बताएका छन् । उनले ऊर्जा क्षेत्रमा भरपर्दो साझेदारी, लगानी विस्तार र नयाँ प्रविधिको विकासमा दुवै देशले सहकार्य गर्न सक्ने बताउनु भएको थियो ।

ओमानका सुल्तान हैथम दुई दिने राजकीय भ्रमणका लागि बेइजिङ पुगेका हुन । सन् १९७८ मा चीन र ओमानबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता ओमानका राष्ट्रप्रमुखले गरेको यो पहिलो चीन भ्रमण हो।

विदेश मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स