English
कूटनीति

भारतीय राजदूतले भेटे उर्जामन्त्री

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
भारतीय राजदूतले भेटे उर्जामन्त्री

काठमाडौं-

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, ऊर्जा तथा जलस्रोत क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने, जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार तथा सीमापार विद्युत् व्यापारलाई थप प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।

त्यस क्रममा दुई देशबीच साझा हितका क्षेत्रमा सहकार्य र समन्वयलाई निरन्तरता दिँदै पारस्परिक लाभका आयोजनाहरूलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री श्रेष्ठले नवनियुक्त राजदूतलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

कूटनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स