English
विदेश

भारतको गुवाहाटीस्थित होटलमा गोली चल्दा पाँच जनाको मृत्यु

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
भारतको गुवाहाटीस्थित होटलमा गोली चल्दा पाँच जनाको मृत्यु

गुवाहाटी-

भारतको असमस्थित गुवाहाटीको एक होटलमा सोमबार राति गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ । होटलका मालिक र लिजमा लिएर होटल सञ्चालन गर्ने व्यक्तिबीचको विवादका क्रममा घटना भएको हो ।

प्रहरीका अनुसार राति करिब ९ बजे जीएस रोडस्थित बोरा सर्भिसको अगाडि रहेको होटल बिलास इनमा गोली चलेको थियो । उक्त स्थान असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा छ ।

प्रहरी कमिस्नर पार्थ सारथी महन्तले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार घटनामा छ जनालाई गोली लागेको थियो । तीमध्ये पाँच जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी कमिस्नर महन्तका अनुसार घटनामा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको हतियारसमेत बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

विदेश मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स